बैतडीमा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढ्दै

जनक साउँद-बैतडी-भाद्र ०८/  बैतडीमा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग विकास कार्यालय बैतडीमा आर्थिक बर्ष २०७६/०७७ मा ५ सय ८७ उद्योगहरु दर्ता भएकोमा गत आर्थिक बर्षमा १ हजार ४ सय ८१ उद्योग दर्ता भएका छन् । ०७६/०७७ मा उद्योग तर्फ २ सय ५६ तथा बाणिज्य तर्फ ३ सय ३१ वटा उद्योग दर्ता भएकोमा गत आर्थिक बर्ष ०७७/७८मा उद्योग तर्फ ८ सय १ र बाणिज्य तर्फ ६ सय ८० वटा उद्योगहरु दर्ता भएका घरेलु तथा साना उद्योग विकास कार्यालय बैतडीका कम्प्युटर अपरेटर लक्ष्मण साउँदले जानकारी दिनुभएको छ । यसरी हेर्दा बैतडीमा पछिल्लो समयमा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको साउँदले बताउनुभयो ।

    यसै बिच अधिकांस उद्योगहरु महिलाको नाममा दर्ता हुने गरेका कार्यालयले जनाएको छ । महिलाहरुको नाममा उद्योग दर्ता गराउदा राजश्वमा ५० प्रतिशतसम्म छुट हुने र महिलाको नाममा दर्ता रहेको उद्योगका लागी अन्य निकायबाट अनुदान लिन पनी सहज हुने भएकाले महिलाको नाममा उद्योग गर्दा गराउने क्रम बढेको घरेलु तथा साना उद्योग विकास कार्यालय बैतडी प्रमुख अम्बा दत्त जोशीले बताए ।

    यस्तै कार्यलयमा उद्योग गर्दा गर्ने क्रम बढे पनि राजश्व संकलनमा भने कमी आएको पाईएको छ । कार्यालयले आर्थिक बर्ष २०७६/०७७ मा ३६ लाख २३ हजार राजश्व संकलन गरेकोमा गत आर्थिक बर्ष ०७७/७८मा १८ लाख ४५ हजार ९ सय मात्रै संकmन भएको जनाएको छ । ०७६/०७७ मा उद्योग तर्फ १६ लाख ६ हजार २ सय र बाणिज्य तर्फ २० लाख १६ हजार ८ सय राजश्व संकलन भएको थियो । गत आर्थिक बर्षमा उद्योग तर्फ ८ लाख ८० हजार ३ सय ५० र बाणिज्य तर्फ ९ लाख ६५ हजार ५ सय ५० रुपैया मात्रै संकलन भएको कार्यालयले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.