पुर्चौडीको कोटिलामा माओवादी केन्द्रको ३५ सदस्यीय वार्ड सम्मेलन आयोजक समिति गठन
बैतडी-भाद्र ०६/ बैतडीको पुचौडी नगरपालिका वडा नम्बर ७ कोटिलामा नेकपा माओवादी केन्द्रले वार्ड सम्मेलन आयोजक समिति गठन गरेको छ । आईतवार नेकपा माओवादी केन्द्रका सुदुरपशिचम प्रदेश कमिटि सदस्य बिक्रम कुवँर (प्रतिक)को प्रमुख आतिथ्यता र जिल्ला सचिवालय सदस्य कृष्ण बडु (भास्कर)को बिशिष्ट आतिथ्यता सम्पन्न एक औपचारिक कार्यक्रमले जित सिह ऐरको संयोजकत्वमा ३५ सदस्यीय वार्ड सम्मेलन आयोजक समिति गठन गरेको हो ।
पार्टीलाई शसक्त रुपमा अगाडी बढाउने र हरेक क्षेत्रमा माओवादी केन्द्रको बलियो उपस्थिति हुने गरी संगठन मजबुद बनाउने पार्टीको केन्द्रिय निणर्य अनुसार वार्ड सम्मेलन आयोजक समिति गठन गरिएको हो । उक्त कार्यक्रममा नागरिकहरुको उपस्थिति उत्साह जनक देखिएको कार्यक्रमका प्रमुख अतिथि एबंम प्रदेश सदस्य प्रतिकले बताउनुभयो । अहिले पुचौर्डी नगरपालिकाका प्रत्येक वडाहरुमा माओवादीले आफ्नो संगठन विस्तारको कामलाई तिब्रता दिएको छ ।