बैतडीमा मगंलवारबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाईने
बैतडी-भाद्र ०६/ बैतडीमा मगंलवारबाट कोरोना भाईरस कोभिड १९ बिरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाईने भएको छ । गत श्रावन १७ गतेदेखि भेरोसेलको खोपको पहिलो मात्रा लगाएका नागरिकहरुलाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । खोपको दोस्रो मात्रा प्रत्येक वडाका खोपकेन्द्रहरुबाट दिईने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिनुभएको छ ।
जिल्लाको पाटन नगरपालिकाका नागरिकहरुलाई भदौ ८ गते र ९ गते, दोगडाकेदार गाउँपालिकाका नागरिकहरुलाई भदौ १० गते र ११ गते भरोसेलको दोस्रो मात्रा लगाईने छ । यस्तै पुर्चौडी नगरपालिकाका नागरिकहरुलाई भदौ ११ गते र १२ गते, दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकहरुलाई भदौ १२ र १३ गते खोप लगाईने स्वास्थ्य प्रमुख भट्टले बताउनुभएको छ ।
त्यसै गरी जिल्लाको सिगास गाउँपालिकाका नागरिकहरुलाई भदौ १५ र १६ गते र डिलाशैनी गाउँपालिकाका नागरिकहरुलाई भदौ १६ र १७ गते कोभिड १९ बिरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाईने बताईएको छ । पहिलो मात्राको खोप लगाएका नागरिकहरुलाई अनिवार्य खोप कार्ड लिएर नजिकको खोप केन्द्रमा गई खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।