बैतडीका थप १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि
बैतडी-भाद्र ०६ / आईतवार बैतडीका थप १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बैतडीले दिएको जानकारी अनुसार जिल्लाको दशरथचन्द नगरपालिका ६ का २२ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने शुन्य रहेको छ । आईतवार १ जना थपिएसंगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या २८ पुगेको छ । सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १३ जना रहेका छन् । यस्तै मेलौली नगरपालिकामा ६ जनाm, दोगडाकेदार गाउँपालिकामा ४ जना, सिगास गाउँपालिका र पुर्चौडी नगरपालिकामा २/२ जना र सुर्नया गाउँपालिकमा १ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, डिलाशैनी गाउँपालिका र पाटन नगरपालिकामा भने कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ ।