अफगानिस्तानमा रहेका नागरिकहरुको बिवरण संकलन गर्दै जिल्ला प्रशासन बैतडी

बैतडी-भाद्र ०६/ जिल्ला प्रशासन कार्यालय बैतडीले अफगानिस्तानमा रहेका नागरिकहरुको बिवरण संकलन गरिरहेको छ । बैतडी घर भएर अहिले अफगानिस्तानमा रहेका नागरिकहरुको बिवरण संकलनका लागी प्रशासनले सुचना जारी गरेको र स्थानिय तहहरुलाई पनी पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकिय अधिकृत खगेन्द्र भारतीले जानकारी दिनुभएको छ । स्थानिय तहहरुले वडा मार्फत बिवरण संकलन गरिरहेका र सोमवारसम्म प्रशासनमा बुझाउने भारतीले बताउनुभयो ।

   अफगानिस्तानमा तालीवानीहरुले कब्जा जमाएसंगै उत्पन्न संकट पछि नेपाल सरकारले आफ्ना नागरिकहरुको उद्धार गर्ने निणर्य गरे बमोजिम बैतडीमा पनी बिवरण संकलन भईरहेको हो ।“ अफगानिस्तानमा समस्यामा रहेका नागरिकहरुको उद्धारका लागी सरकारले गरेको निणर्य अनुसार हामीले पनी बिवरण संकलन गर्दै छौ । स्वदेश फर्कन चाहनेहरुको परिवार मार्फत बिवरण संकलन हुँदै छ ।” भारतीले भन्नुभयो । संकलित बिवरण गृह मन्त्रालयमा पठाईने र त्यस पछि सरकारले उद्धार गर्ने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.