चाडपर्व नजिकिए, बैतडीका बजारहरु अनुगमन भएनन्
जनक साउँद-बैतडी-भाद्र ०५/ बैतडीका बजारहरु अनुगमन नगरिएको पाईएको छ । गत विगतका बर्षहरुमा सुदुरपश्चिमेलीहरुको महान पर्ब गौरा तथा महिलाहरुको महान पर्व तिज जस्ता चाडपर्बहरुको पुर्व सन्ध्यामा प्रशासनले बजार अनुगमन गर्ने गरेको भए पनि यो बर्ष अनुगमन नगरेको पाईएको हो । यस्तो समयमा ब्यापारीहरुले समानहरुको मनलाग्दी रुपमा मुल्यबृद्धि गर्ने, अखाद्य वस्तुहरुको बिक्रि बितरण गर्ने तथा उपभोक्ताहरु ठग्ने गर्दछन् । तर स्थानिय प्रशासनले गौरा पर्ब आउन २ हप्ता पनी बाँकी नरहेको अवस्थामा बजार अनुगमन नगरेको नागरिकहरुले गुनासो गरेका छन् ।
प्रशासनले अहिलेसम्म तिज तथा गौरालाई मध्यनजर गर्दै जिल्लाको कुनै पनी बजार अनुगमन गरेको छैन् । जसले गर्दा ब्यापारीहरुले गा्रहक ठग्ने गरेको स्थानियहरुको आरोप छ । “बिगतका बर्षहरुमा जिल्ला प्रशासन कार्यालयले चाडपर्बहरुलाई लक्षित गर्दै सरोकारवालाहरु सम्मलित टोली बनाएर बजार अनुगमन गथ्र्यो तर यो बर्ष अहिलेसम्म सरोकारवालाहरुले अनुगमन गरेको देखिएन ।” एक स्थानियले भने । “जसले गर्दा ब्यापारीहरुलाई ग्राहक ठग्न सजिलो भएको छ । ” उपभोक्ताहरुको खाद्य अधिकारलाई सुनिश्चित गर्न प्रशासनले अबिलम्ब बजार अनुगमन गर्नुपर्ने नागरिक समाज बैतडीका सचिब कणर् दयालले बताउनुभयो । बजार अनुगमन भए पनि प्रभावकारी हुन नसक्दा अझै पनी बजारमा अखाद्य वस्तुहरुको बिगबिगी नै रहेको दयालले बताउनु भएको छ । “प्रशासनले औपचारिकताका लागी मात्रै बजार अनुगमन गर्ने गर्छ ।” सचिव दयालले भन्नुभयो । नियमनकारी निकायले बजार अनुमगन गरे पनि सदरमुकाम केन्द्रित मात्रै हुने गरेको पनी उहाँको भनाई छ । ग्रामीण भेगका ब्यापारीहरुलाई अनुगमनले छुन नसकेको कतिपय नागरिकहरुको बुझाई छ ।
यता जिल्ला प्रशासन कार्यालय बैतडीले भने गौरा अगावै बजार अनुगमन गर्ने जनाएको छ । कार्यालयका प्रशासकिय अधिकृत खगेन्द्र भारतीले अहिले प्रमुख जिल्ला अधिकारी काम बिशेषले जिल्ला बाहिर रहेकाले बजार अनुगमन गर्न नसकिएको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारीको कामको जिम्मेवारी आफुले सम्हाल्दै आएकाले तत्काल अनुगमन गर्न कर्मचारी अभाव भएको भारतीको भनाई छ । अव छिट्टै जिल्लाका सरोकारवालाहरु सम्मेलित अनुगमन टोली बनाएर जिल्लाका बजारहरु अनुगमन गर्ने तयारी भईरहेको उहाँको दाबी छ ।