बैतडीकाे सुर्नया ४मा माओवादी केन्द्रको २९ सदस्यीय वडा कमिटि गठन
बैतडी भदौ ५ ।बैतडीको सुर्नया गाउँपालिका ४ मा नेकपा माओवादी केन्द्रले वडा कमिटि गठन गरेको छ । शुक्रबार माओवादी केन्द्रका पालिका अध्यक्ष जग्दीश कुवरको सभाध्यक्षतामा बसेको बैठकले २९ सदस्यीय वडा कमिटि गठन गरेको वाइसीएल सुर्नया इन्चार्ज केशब राज भट्टले जानकारी दिनुभयो । वडा नं ४ मा बलराम दमाइको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको उहाँले बताउनुभयो ।
वडा नं ४ मा नेकपा माओवादी केन्द्रले अध्यक्षको अभिभारा बलराम दमाइ (शुरेश)लाई र सचिबको जिम्मेवारी अर्जुन दत्त भट्टलाइ दिएको छ । यस्तै अन्य पालिकाहरुमा पनि अहिले नेकपा माओवादी केन्द्रले वडा कमिटि गठनको कार्यमा तिब्रता दिएको छ ।
जिल्लाका ८४ ओटै वडाहरुमा अहिले वडा कमिटि गठन भइरहेको हो । देशभरी भदौ मसान्त भित्र सदस्यता वितरण गरिसक्ने , असोज २० गते भित्र वडा सम्मेलन, असोज भित्र गाउँपालिका र नगरपालिका सम्मेलन , कार्तिक मसान्त भित्र जिल्ला सम्मेलन, मंसिर १५ गते भित्र प्रदेश सम्मेलन , पुष ११ र १३ गते राष्ट्रिय सम्मेलन गरि सक्ने नेकपा माओवादी केन्द्रले निणर्य गरेको छ ।