बैतडीका थप ७ जनामा कोरोना संक्रमण पुष्टि!

बैतडी भदौ ४ ।बैतडीका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सक्रिय संक्रमित शून्य भइसकेको मेलौलीमा फेरि कोरोनाका संक्रमण फैलिएको छ । शुक्रबार मेलौली नगरपालिकाका ६ जना र दशरथचन्द नगरपालिकाका १ जना गरि बैतडीमा  थप ७ जना संक्रमित थपिएका हुन् ।

थप ७ जनामा संक्रमण देखिए संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको सङख्या २९ पुगेको छ । यस्तै दुइ जना कोरोना संक्रमण मुक्त भएका छन् । दशरथचन्द नगरपालिकाका २ जना शुक्रबार कोरोना जितेर संक्रमण मुक्त भएका हुन् । सक्रिय संक्रमित मध्ये अहिले दशरथचन्द नगरपालिकामा १४ जना रहेका छन् । मेलौली नगरपालिकामा ६ जना दोगडाकेदार गाउँपालिकामा ४ जना, पुर्चौडी नगरपालिकामा ३ जना, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा १ ÷१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

बैतडीमा कोरोना संक्रमणदर फेरी बढेको छ । कोरोना संक्रमित थपिदै गएपछि फेरी जिल्लामा कोरोनाको त्रास बढ्न थालेको छ । स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगरेर संक्रमण झन फैलिने भन्दै स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सुरक्षाका पापदण्डको अनिवार्य पालना गर्न आग्रह गरेको छ । चाडबाड नजिकिदा चहलपहल बढेकाले कोरोना संक्रमण पनि फैलिने खतरा बढेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.