बैतडीः सुर्नया प्रिमियर लिग  क्रिकेट प्रतियोगिता सुरु , १५ टिमको सहभागिता

बैतडी भदौ ४ । बैतडीमा  क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ मा रहेकाे सिद्दखाली खेलमैदानमा शुक्रबार बाट सुर्नया प्रिमियर लिग  क्रिकेट प्रतियोगिता सुरु भएको हो । खेल १५ ओभरमा खेलिने बताईको छ । गौरा पर्वको विशेष अवसर पारेर बाशुलिङ्ग क्रिकेट क्लबको आयोजनामा क्रिकेट प्रतियोगिता  सञ्चालन भएकाे बाशुलिङ्ग  क्रिकेट कल्बका सचिब बिशाल भट्टले जानकारी दिनुभयो । एक कार्यक्रमका बिच   शुक्रबार क्रिकेट प्रतियोगिताको उद्घाटन गरिएको उहाँले बताउनुभयो ।

बाशुलिङ्ग क्रिकेट क्लबका उपाध्यक्ष गोबिन्द चन्दको अध्यक्षता तथा राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रीय सदस्य देवबहादुर चन्दको प्रमुख आथित्यतामा खेल उद्घाटन गरिएको बताइएको छ ।क्रिकेट प्रतियोगितामा जिल्ला भरिका १५ टिम को सहभागिता रहेको छ । प्रथप पुरस्कार २५ हजार ५ सय ५० , द्धितिय ८ हजार ८ सय ५० रहेको छ । यस्तै म्याचअफद सिरिजलाइ १ हजार , म्यानअफद म्याचलाइ १ सय प्रदान गरिने जनाइएकाे  छ ।

 विजेता टिमलाई प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिने बाशुलिङ्ग क्रिकेट क्लबले बताएको छ । बाशुलिङ्ग क्रिकेट क्लबले दक्ष खेलाडी उत्पादन गरि खेल क्षेत्रको विकासका लागि खेल प्रतियोगिता गर्दै आएको छ । गतविगत देखिनै विभिन्न खेलकुद प्रतियोगिता गर्दै आएको बाशुलिङ्ग क्रिकेट कक्लबले सरकारबाट भने कुनै सहयोग नभएको गुनासो गरेको छ ।उद्घाट सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवँ राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रीय सदस्य चन्दले खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारले लगानि गर्नुे पर्नेमा जोड दिनुभएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.