गौरा पर्व नजिकिएसंगै बैतडीका बजारहरुमा चहलपहल

डीआर भट्ट -बैतडी भदौ ४ । गौरा पर्व नजिकिएसंगै बैतडीका मुख्य बजारहरुमा चहलपहल बढेको छ । सुदूरपश्मिमेलीहरुको महान चाड गौरा पर्व नजिकिएसंगै यहाँका मुख्य बजारहरुमा सामान किन्नेहरुको अहिले भिड बढेको हो ।

आजभोली जिल्लाका मुख्य बजारहरु गोठलापानी,साहिलेक,देहिमाडौँ,मुस्याचौर,सतबाँझ,पाटन, खोड्पे लगायतका बजारहरुमा सामान किन्नेहरुको भिड लाग्ने गरेको व्यवसायीहरुको भनाइ छ । अहिले जिल्लाका मुख्य बजारहरुमा रहेका श्रीङगार पसल,गरगहनापसल, बस्त्रालय, सू सेन्टर ,किराना पसल लगायतका पसलहरुमा भिडभाड देखिन्छ । कोरोना भाइरसका कारण पोहोर परार जस्तो बढी भिढ नभएपनि आज भोली सामान किन्नेहरुको सङख्यामा वृद्धिभएको सतबाँझका व्यवसायी निरज पाण्डेले जानकारी दिनुभयो ।

अहिले बजारमा खाद्यान्नका सामान संगै खास गरि लुगा कपडा, जुत्ता चप्पल किन्नेहरुको सङख्यामा वृद्धि भएको उहाँले बताउनुभयो । अहिले कपडा, खाद्यान्न लगायतका सामाग्रीहरु खरिद गर्न विहान देखि साँझ अवेरसम्म सर्वसाधारणहरु बजारमा व्यस्त हुने गरेका छन् । ग्रामिण क्षेत्रमा बस्ने नागकिहरु किनमेलका लागि बजार पुग्न थालेपछि बजारहरु अहिले बाक्लिएका हुन् । यसरी बजारहरुमा सामान किन्नेहरुको बाक्लो उस्थिति हुन थालेपछि कोरोना   संक्रमणकाे    जोखिम बढने देखिएको छ । तर यहाँका व्यवसायीहरुले भने कोरोना जोखीमका कारण स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर सामान बिक्रिवितरण भइरहेको जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयले पनि मास्कको प्रयोग, भौतिक दुरी कायम लगायतका स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर सामान किनबेच गर्न आग्रह गरेको छ । बैतडीमा नयाँ कोरोना संक्रमित घट्दै गएपनि कोरोना जोखीम भने कायमै रहेकाले सबै जिम्मेवार भएर स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्नुे पर्ने जिल्ला प्रशान कार्यालय बैतडीका प्रशासकिय अधिकृत एवँ सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । कोरोना संक्रमणको जोखीम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न  आग्रह गरेको छ । यस वर्ष ११ गते विरुडा पञ्चमी , १४ गते अठेवाली पर्व परेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.