बैतडीः ६६ जनाको कोरोना परीक्षण , एक जनामा संक्रमण पुष्टि
असोज- ४ / बैतडीका थप एकजनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पतालमा रहेको पिसीआर प्रयोगशालामा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिका एक पुरुषमा कोरोना पुष्टिभएको हो ।
६६ जनाको कोरोना परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको र अन्य सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका मेडिकल रेकर्डर मोहन ठगुन्नाले जानकारी दिनुभएको छ ।
बैतडीमा यहि असो १ गतेबाट कोरोना परीक्षण गर्ने मेसिन सञ्चालनमा आएको थियो । सोहि दिन देखि परीक्षण थालिएको भएपनि रिपोर्ट दिनपछि सार्वजनि गरिएको हो ।
जिल्लामा जडान गरिएको मेसिन प्रमाणिकरण गर्नुेपर्ने भएकाले रिर्पाट सर्वजनिक गर्न विलम्ब भएको र अब परीक्षण गरेकैदिन दिन रिपोर्ट सार्वजनि हुने जिल्ला अस्पताल बैतडीका मेडिकल रेकर्डर ठगुन्नाको भनाईछ । आज एक जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा संक्रमितको संख्या ३ ८८ पुगेको छ ।