बैतडीः दनपा २मा नेकपा माओवादी केन्द्रको २५ सदस्यीय वडा कमिटि गठन
बैतडी भदौ २ / बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौमा नेकपा माओवादी केन्द्रको वडा कमिटि गठन गरिएको छ । बुधवार उद्धव बहादुर बोहराको अध्यक्षतामा बसेको बैठकले प्रकाश बोहराको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन गरेको हो ।
कमिटिको सचिवमा सुरेन्द्र बोहरा र कोषाध्यक्षमा बिमला बोहरा रहेका छन् । पार्टीलाई जनमुखी बनाएर मजबुद बनाउने अभिप्रायले अहिले नेकपा माओवादी केन्द्रले ७ सय ५३ स्थानीय तहका वडाहरुमा वडा कमिटि गठन गरिरहेका बेला बैतडीमा पनी वडा कमिटि गठनलाई माओवादीले तिब्रता दिएको छ ।
अन्य पालिकाका वडाहरुमा वडा कमिटि गठन कार्य जारी रहेको नेकपा माओवादी केन्द्र बैतडीले जनाएको छ । देशभरी भदौ मसान्त भित्र सदस्यता वितरण गरिसक्ने , असोज २० गते भित्र वडा सम्मेलन, असोज भित्र गाउँपालिका र नगरपालिका सम्मेलन , कार्तिक मसान्त भित्र जिल्ला सम्मेलन, मंसिर १५ गते भित्र प्रदेश सम्मेलन , पुष ११ र १३ गते राष्ट्रिय सम्मेलन गरि सक्ने नेकपा माओवादी केन्द्रले निणर्य गरेको छ ।