बैतडीको पाटन नगरपालिका र वडा कार्यालयहरुमा गरिएको तालाबन्दी खुल्यो
माग पुरा नभए फेरि संर्घष गर्ने चेतावनी
बैतडी भदौ २ /बैतडीको पाटन नगरपालिका र १० ओटै वडा कार्यालयहरुमा गरिएको तालाबन्दी खोलिएको छ । तलब वृद्धिको माग गर्दै आइतबार देखि अन्दोलनमा उत्रिएका बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुले नगरपालिका र वडा कार्यालयहरुमा गरेको तालाबन्दी बुधवार दिउँसो खोलिएको हो ।
यस अघि नगरपालिकाले बिज्ञप्ती जारी गर्दै बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुले आफ्नो हकहितका लागि उठाएका जायज मागहरुलाई नगरपालिकाले सकरात्मक रुपले लिएको र संघिय सरकारले शर्शत अनुदानको रुपमा पालिकालाई अनुदान उपलब्ध नगराए पनि आन्तरिक स्रोत हेरेर माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएको थियो । बिज्ञप्तीमै टेकेर नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि र संर्घष समिति बिच बिभिन्न सहमती भए पछि ताला खोलिएको बिद्यालय कर्मचारी गोपाल महराले जानकारी दिनुभएको छ ।
अहिले नगरपालिकाका प्रमुख केशब बहादुर चन्द नगर बाहिर रहेका र उहाँ आउने बित्तिकै संर्घष समितिसंग बसेर छलफल गर्ने, बार्ता भएको १/२ दिन भित्रै कार्य पालिकाको बैठक बोलाएर माग सम्बोन्धन गर्न सहमती भए पछि ताला खोलिएको महराले बताउनुभयो । नगर प्रमुख प्रमुख आईसके पछि पनी आफ्ना मागहरु पुरा नभए फेरि शसक्त रुपले आन्दोलन गर्ने संर्घष समितिले चेतावनी दिएको छ ।