बैतडीः सुर्या लाईफ इन्स्योरेन्सद्वारा मृत्यू दावी भुक्तानी रकम हस्तान्त्रण

बैतडी भदौ २ / सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्व. मोहन सिहँ ऐरको मृत्यू दावी भुक्तानी गरेको छ । सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा बैतडीले उनको मृत्यु भएकाले जीवन बीमा भुक्तानी गरेको हो । जिल्लाको पाटन नगरपालिका वडा नं ८ बस्ने स्व ऐरले २०७५ असार ३२ गते रु २२ लाखको १५ वर्षे जीवन बीमा गरेकोमा २०७८ जेठ ९ गते कोरोनाका कारण निजको मृत्यु भएकोले बीमा भुक्तानी गरेको सुर्यालाइफ इन्स्योरेन्स कम्पनी शाखा बैतडीका कर्मचारी  खगेन्द्र भट्टले बताउनुभयाे । बुधबार स्व. ऐरका श्रीमती द्राेपति ऐर लाई बीमा दावी बाफतको २४ लाख ९७ हजारको चेक वडा नं ८ का वडा अध्यक्ष पृथिवि राज पन्त  र  वडा नं  १० अध्यक्ष  देवेन्द्र कुवरले हस्तान्तरण गरेका हुन् ।उहाँले वार्षिक अग्रीम भुक्तानी जीवन बीमा योजना अन्तरगत ३ किस्ता बाफतको रकम कम्पनीमा बुझाएका थिए । मृत्यु  दावि भुक्तानी हस्तान्त्रण कार्यक्रममा राजनितिकदलका प्रतिनिधि , बजार व्यवसायी सञ्चारकर्मी र मृतका परिवारको उपस्थिति रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.