दोगडाकेदार ६ सलेनामा सुरक्षित प्रसुती ईकाई केन्द्र सञ्चालनमा 

जनक साउद–असोज ४/ बैतडीको दोगडाकेदार गाउपालिका ६ सलेनामा सुरक्षित प्रसुती ईकाई केन्द्र सञ्चालनमा आएको छ । दोगडाकेदार गाउपालिकाको झण्डै ६ लाखको लगानीमा निर्माण भएको २ कोठे भवनमा प्रसुती ईकाई केन्द्र सञ्चालन गरिएको गाउपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिनुभयो । संस्थागत सुत्केरी अभियानलाई प्रभाबकारी गराउने उदेश्यले सलेनामा सुरक्षित प्रसुती ईकाई केन्द्र स्थापना गरिएको गाउपालिका उपाध्यक्ष पार्बती कार्कीले बताउनुभयो । केन्द्रमा अहिले गाउपालिकाले एक जना अनमी र एक जना स्वीपर करारमा भर्ना गरी सेवा दिन सुरु गरेको छ  ।

सलेनामा सुरक्षित प्रसुती ईकाई केन्द्र सञ्चालनमा आए पछि उक्त क्षेत्रका गर्भबती महिलाहरुलाइै सहज हुने उपाध्यक्ष कार्कीले बताउनुभयो । प्रसुती ईकाई केन्द्रको गाउपालिका अध्यक्ष चक्र कार्कीले एक कार्यक्रममा बिच उद्धघाटन गर्नु भएको छ । यो संगै दोगडाकेदार गाउपालिकामा सुरक्षित प्रसुती ईकाई केन्द्रको संख्या १५ पुगेको छ । गत आर्थिक बर्षभन्दा पहिले १३ ओटा रहेकोमा गत आर्थिक बर्षमा वडा नम्बर ६ सलेना र वडा नम्बर ७ चडेपानीमा थप २ ओटा सुरक्षित प्रसुती ईकाई केन्द्र स्थापना गरिएको हो । सुदुरपश्चिम प्रदेश सरकारको १८ लाखको लगानीमा चडेपानीमा स्थापना भएको सुरक्षित प्रसुती ईकाई केन्द्रको उद्धघाटन गर्न बाकी रहेको गाउपालिका स्वास्थ्य संयोजक नाथले जानकारी दिनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.