बैतडीमा अक्सिजन तथा कन्सन्ट्रेटर बैंक स्थापना
बैतडी-भदौ ०२/ बैतडीमा अक्सिजन तथा कन्सन्ट्रेटर बैंक स्थापना भएको छ । कोरोना भाईरस कोभिड १९ ब्यबस्थापन पुर्व तयारीको लागी बुधवार बैंक स्थापना गरिएको हो । स्वास्थ्य कार्यालय बैतडीमा कोभिड १९ ब्यस्थापनका लागी आवश्यक समाग्रीहरु सञ्चित गर्दै बैंक स्थापना गरिएको स्वास्थ्य प्रमुख स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिनुभएको छ । कोरोना भाईरसको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै बैंकमा ३३ वटा अक्सिजन सिलिण्डर र ६२ कन्सन्ट्रेटर मेसिन राखिएको भट्टले बताउनुभयो । कोरोनाको दोस्रो लहर आउनुभन्दा अगाडी पुर्व तयार नहुँदा कोभिडका बिरामीको उपचारमा समस्या भएको थियो । अव जिल्लामै अक्सिजन तथा कन्सन्ट्रेटर सञ्चित गरेर राखे पछि सम्भावित तेस्रो लहरमा उपचारमा सहज हुने विश्वास गरिएको छ ।