माग सम्बोधन गर्न प्रतिवद्ध छौँ, ताला खोल्नुहोस् : पाटन नगरपालिका

बैतडी-भदौ ०२/  बैतडीको पाटन नगरपालिकाले बालविकास शिक्षक र विद्यालय कर्मचरीहरुलाई तालाबन्दी खोल्न आग्रह गरेको छ । बुधबार एक विज्ञप्ती निकालेर नगरपालिकाले तलब वृद्धिको माग गर्दै आइतबार देखि अन्दोलनमा उत्रिएका बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुलाई जायज मागहरु सम्बोधन गरिने भन्दै अन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो । बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुले आफ्नो हकहितका लागि उठाएका जायज मागहरुलाई नगरपालिकाले सकरात्मक रुपले लिएको र संघिय सरकारले शर्शत अनुदानको रुपमा पालिकालाई अनुदान उपलब्ध नगराए पनि आन्तरिक स्रोत हेरेर माग सम्बोधन गर्ने प्रतिवद्धता नगरपालिकाले जनाएको छ ।

No description available.

   अहिले नगरप्रमुख कामको सिलसिलामा संघिय राजधानि काठमाडौँमा रहेकाले उहाँ आइसके पश्चात संघर्ष समितिसंग बार्ता गरि बार्ता र संवादबाटै समस्या समाधान गरिने जनाइएको छ। “तालाबन्दीका कराण आम नगरबासीहरुमा परेको मार्कालाई मध्यनजर गरेर आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइ सेवा प्रवाहमा सहजता प्रदान गरि दिन आग्रह गर्दछौँ । ”नगरपालिकाका प्रवक्ता लोक बहादुर भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै बजेटबाट तलब कटौती गरेको भनि भ्रम सिर्जना गरेको प्रति नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बजेटबाट तलब कटौती गरेको नभइ कानूनि जटिलताका कारणले नगरपालिकाको सामूहिक निणर्यबाट नगरसभाले संसोधन गरेको विज्ञप्ती मार्फत स्पष्ट पारिएको छ । आइतबार देखि तलब वृद्धिको माग गदै बालविकास शिक्षक र विद्यालय कर्मचारी आन्दोलीत भएका छन् ।

No description available.

   पाटन नगरपालिकाको मुल गेट र १० ओटै वडा कार्यालयहरुमा तालाबन्दी गरेका छन् । नेपाल सरकारले बजेट भाषण मार्फत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याउने घोषणा गरेकोले तलब वृद्धि हुनुपर्ने उनीहरुको माग छ । अहिले पाटन नगरपालिका र वडाहरुमा तालाबन्दी गरिए पछि कामकाज ठपप भएका छन् । भने सेवाग्राहीहरु मर्कामा रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.