बैतडीको पाटन ९ मा मजदुरहरुले लगाएको ताला खुल्यो
बैतडी भदाै १ । पारिश्रमिककाे माग गर्दै बैतडीको पाटन नगरपालिका ९ मा लागेको ताला खुलेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गरेका मजदुरहरुले काम गरेको पैसा नपाएको भन्दै सोमबार लगाएकाे ताला मंगलबार खुलेको हो । मजदुहरुको मागप्रती वडा कार्यालय जिम्मेवार रहेको भन्दै वडा अध्यक्ष लोकबहादुर भण्डारीले काम अनुसारको ज्याल मिल्ने भनेपछि मँगलबार कार्यबाहक वडा अध्यक्ष ईन्द्र सिँह बोहराको उपस्थितमा ताला खोलिएको बताइएको छ ।
वडा अधयक्ष भण्डारीले उनिहरुको माग सम्बोधनको लागि प्रतिबद्ध रहेको र उपचारबाट फर्किएलगत्तै माग सम्बोधनको बिषयमा छलफल गरिने भनेपछि ताला खोलिएको कामदारहरुले बताएका छन् । पाटन नगरपालिका वडा नं ९ मा मजदुरले लगाएको ताला खुलेको भएपनि मँगलबारबाट बालविकास शिक्षक र विद्यालयका कर्मचारीहरुले ताला लगाएका छन् । आफुहरुको तलब वृद्धि हुनुपर्ने माग राख्दै बालविकास शिक्षक र विद्यालयका कर्मचारीहरुले पाटन नगरपालिका भित्रका १० ओटै वडा कार्यालयहरुमा ताला लगाएका छन् ।