बैतडीको पाटन नगरपालिकाका १० वटै वडामा तालाबन्दी

बैतडी-भदौ १/ बैतडीको पाटन नगरपालिकाका १० वटै वडाहरुमा तालाबन्दी गरिएको छ । तलब बृद्धिको माग गर्दै आईतवार पाटन नगरपालिकामा तालाबन्दी गरेका विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताहरुले आज मगंलवार प्रत्येक वडा कार्यालयहरुमा पनी तालाबन्दी गरेका हुन् । नेपाल सरकारले बजेट भाषण मार्फत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याउने घोषणा गरेको भएपनि पाटन नगरपालिकाले उक्त निणर्य कार्यान्वयन नगरे पछि नगरपालिका भरिका विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताहरु आन्दोलित भएका छन् ।

   संर्घष समिति गठन गरेर उनीहरुले आन्दोलन अगाडी बढाएका छन् । नगरपालिकामा तालाबन्दी गरेको ३ दिन भईसक्दा पनी आफ्ना मागहरु सम्बोधन गर्न कुनै समन्वय नभए पछि बाध्य भएर वडा कार्यालयहरुमा तालाबन्दी गर्नु परेको एक विद्यालय कर्मचारी गोपाल महराले बताउनुभयो ।

तालाबन्दी गरिए पनि नगरपालिकाले माग सम्बोधनका लागी आफुहरुसंग छलफल नगरेको संर्घष समितिकी संयोजक मञ्जु भण्डारीको भनाई छ ।  अब आफ्ना माग पुरा नभएसम्म संर्घषका कार्यक्रम जारी रहने भण्डारीको भनाई छ । अहिले नगरपालिका भित्रका का विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताहरु न्युन पारिश्रमिकमा काम गर्न बाध्य छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.