बैतडी : पाटनका १० वटै वडा कार्यालयमा तालाबन्दी गर्ने निणर्य

बैतडी-श्रावन ३२/ तलब बृद्धिको माग गर्दै पाटन नगरपालिकामा तालाबन्दी गरेका विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताहरुले प्रत्येक वडा कार्यालयहरुमा पनी तालाबन्दी गर्ने निणर्य गरेका छन् । नेपाल सरकारले बजेट भाषण मार्फत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याउने घोषणा गरेको भएपनि नगरपालिकाले आफुहरुको तलब वृद्धि नगरेको भन्दै आईतवार नगरपालिकामा तालाबन्दी गरेका उनीहरुले मगंलवार देखि नगरपािलकाको १० वटै वडा कार्यालयहरुमा तालाबन्दी गर्ने निणर्य गरेका हुन् ।

  कतिपय स्थानीयतहरुले तलब वृद्धि गरेका भएपनि पाटन नगरपालिका आफुहरुका मागप्रति उदासिन बनेकाले ताला लगाउन बाध्य भएका संर्घष समिति सदस्य नन्द राज पाण्डेले जानकारी दिनुभएको छ । नगरपालिकाको मुल गेटमै तालाबन्दी गरेको २ दिन हुँदा समेत नगरपालिकाले आफुहरुका माग सम्बोन्धन गर्ने नदेखिए पछि १० वटै वडामा तालाबन्दी गर्नका लागी संर्घष समिति गठन गरिएको पाण्डेको भनाई छ ।

  यता नगरपालिकाले भने बित्तिय समान्यीकरणको बजेटबाट कुनै पनि तलव भत्तामा खर्च गर्न नमिल्ने र अर्थ मन्त्रालयबाट पत्र आएको आन्तरीक राजस्वमा ७ हजार दिन सकिने अवस्था नरहेपछि कार्यान्वयन नगरिएको बताउँदै आएको छ । ४ नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकाले भने तलब वृद्धि गरेको बताइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.