बैतडीको पाटन नगरपालिकामा कोरोनाका सक्रिय संक्रमित शून्य

बैतडी साउन ३२ ।बैतडीको पाटन नगरपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य भएका छन् । सोमबार २ जना कोरोना जितेर निकोभएसंगै नगरपालिकामा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शून्य भएका हुन् ।

कोरोनाको दोश्रो लहर फैलिएपछि पाटन नगरपालिकामा पहिलो पटक कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको हो । सक्रिय कोरोनाका संक्रमितको सङख्या शून्यमा झरेपनि संक्रमणकाे जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरुको अनिवार्य पालना गर्नुे पर्नेमा पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन सिहँ महराले जोडदिनुभयो ।

कोरोनाका सक्रिय संक्रमित छैन्न् भन्दै सावधानी नअपनाउने हो भने कोरोना संक्रमण झन बढ्ने भन्दै उहाँले सबै नगरबासीलाइ  मास्कको प्रयोग, भौतीक दुरीकायम लगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न आग्रह गर्नु भएको छ ।

पाटन नगरपालिकामा कोरोना फैलिएयता ६ सय १६ जनामा सक्रमण पुष्टि भएकोमा ४ जनाको मृत्यु भएको थियो । पाटन नगरपालिका सहित जिल्लाको मेलौली नगरपालिका, डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा अहिले कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.