बैतडीमा एक वर्षमा सवारी दुर्घटनामा परी ३४ जनाको मृत्यु

बैतडी साउन ३१ ।  सवारी दुर्घटनामा परी जिल्लामा एक वर्षको अवधिमा ३४ जनाले ज्यान गुमाएका छन्।  जिल्लाका मुख्य सडक र ग्रामीण सडकमा गरी गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार गत आर्थिक वर्षमा कात्तिकमा तीन, पुसमा पाँच, माघमा एक, वैशाख र असारमा दुई÷दुई सवारी दुर्घटना भएका छन्। ती सवारी दुर्घटनामा परेर ७८ व्यक्ति घाइते भएका छन्। चौध सवारी दुर्घटनामध्ये ११ कच्ची सडकमा भएका छन् । ग्रामीण कच्ची सडकमा बढी दुर्घटना भएको पाइएको छ। ग्रामीण कच्ची सडक गुणस्तरीय नहुनु, मोडमा समस्या हुनु, अनुभवी चालक नहुनु लगायतका कारणले सवारी दुर्घटना बढ्दै गएका छन्।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.