बैतडीको पाटनमा नेपाली काङग्रेसको अन्र्तक्रिया कार्यक्रम सम्पन्न

बैतडी-श्रावन ३०/ बैतडीको पाटनमा नेपाली काङग्रेसको अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङग्रेस पाटन नगरपालिका कार्यसमितिको आयोजनामा अन्र्तक्रिया कार्यक्रम गरिएको हो । काङग्रेस पाटन नगर सभापती शिद्धराज भट्टको अध्यक्षता एबंम नेपाली काङग्रेसका पुर्व केन्द्रिय सदस्य विनयध्वज चन्दको प्रमुख आतिथ्यतामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली काङग्रेसलाई कसरी बलियो बनाउने र १४ औँ महाअधिवेसन कसरी सम्पन्न गर्ने भन्ने बिषयमा छलफल गरिएको नेपाली काङग्रेस बैतडी जिल्ला कार्य समिति सदस्य रमेश सिह भण्डारीले जानकारी दिनुभएको छ । कार्यक्रममा नेपाली काङग्रेसका जिल्ला तहका नेता कार्यकर्ता तथा नेपाली काङग्रेसका अन्य सुबेच्छुक संगठनका पदाधीकारीहरुको सहभागीता रहेको थियो । नेपाली काङग्रेसको १४ औँ महाअधिवेसन नजिकिएसंगै काङग्रेसले कार्यकर्ता भेला तथा अन्र्तक्रिया कार्यक्रमलाई तिव्रता दिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.