शनिवार बैतडीका थप २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि
बैतडी-श्रावन ३०/ शनिवार बैतडीका थप २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । शनिवार कोरोना पुष्टि हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिा वडा नम्बर ९ का १ जना र वडा नम्बर ४ का १ जना रहेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा कोरोना जितेर निको हुनेको संख्या भने शुन्य रहेको छ । शनिवार जिल्लामा २ जना थपिएसंगै सक्रिय संक्रमितको संख्या ३० पुगेको छ । सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २१ ज्ना रहेका छन् । यसैगरी पुर्चौडी नगरपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा २/२ जना सक्रिय संक्रमित रहेका छन् भने सुर्नया गाउँपालिकाका १ जना रहेका छन । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र डिलाशैनी गाउँपालिकामा भने कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ । बैतडीमा कोरोना भाईरसको संक्रमणका कारण अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन् ।