कोभिड फैलिन नदिन सचेतना जगाउँदै प्रहरी, हातहातमा प्लेकार्ड साथमा व्यानर, सम्झाइ बुझाइ मास्क वितरण
बैतडी साउन २९ ।बैतडीको बजार बजारमा प्रहरीले मास्क वितरण गरिरहेको छ । कोभिड सकंक्रमण रोकथाम गर्ने उदेश्यले सञ्चालन गरिएको मास्क अभियान अन्तर्गत बजारमा मास्क नलगाई आवत जावत गरिरहेका नागरिकहरुलाइ प्रहरीले सम्झाइ बुझाइ गरेर मास्क वितरण गरिरहेको हो ।
यो भन्दा पहिले प्रहरीले मास्क नलगाइ हिँडिरहेकालाई कार्वाही गर्ने गरेको भएपनि अहिले सम्झाइ बुझाइ गरेर मास्क वितरण गरिरहेको हो । प्रहरीले बजार बजारमा पुगेर मास्कको महत्वका बारेमा बताउँदै मास्क वितरण गरिरहेको प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सञ्चालन गरेको मास्क अभियान मार्फत प्रहरीले तपाँइको मास्क खोई, सचेतनामूलक सन्देश लेखिएका प्लेकार्ड हातहातमा ,व्यानर साथमा बोकेर बजारमा मास्क नलगाइ हिँडिरहेका बटुवाहरुलाई मास्क वितरण गरिरहेको छ ।
कोरोना भाइरसको संक्रमण बाट सुरक्षित राख्ने मास्कको अनिवार्य प्रयोग गरौँ, मास्क नलगाए कोभिड फैलिने खतरा छ भन्दै प्रहरी अहिले मास्क अभियान मार्फत सचेतना फैलाइरहेका हुन् । बैतडी जिल्लाको बजारहरु सहिलेक ,गोठलापानी, देहिमाण्डाैँ र सतबाँझ लगायतका बजारहरुमा बिना मास्क हिँडडुल गर्नेहरुलाइ मास्क वितरण गरिएको प्रहरीले जनाएको छ। देहिमाण्डाैँमा मास्क नलगाइ हिँडिरहेका नागरिकहलाइ मास्क वितरण गरिएकाे प्रहरीकाे भनाइ छ। यस्तै सतबाँझ प्ररीले पनि कोभिड नियन्त्रणका लागि सचेतना जगाउदै मास्कको महत्वका बारेमा बताइहरेको छ ।
कोभिड नियन्त्रणका लागि नेपाल सरकारले सञ्चालन गरेको मास्क अभियान अन्तर्गत सतबाँझ बजारमा मास्क वितरण लगायत मास्कको महत्वका बारेमा सचेतना कार्यक्रम गरिएको सतबाँझ प्रहरी चौकीका इन्चार्ज उपेन्द्र तिम्लिसिनाले जनाकारी दिनुभयो । कोभिड संक्रमण रोकथामका लागि सबैले स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्नुे पर्नेमा उहाँले जोड दिनुभयो ।
कोरोना फैलिएको सुरु सुरुमा जसरि नागरिकहरुले अहिले स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना नगरेको पाइएपछि नेपाल सरकारले मास्क अभियान मार्फत मापदण्ड पालना गर्न अभिप्रेरित गरिरहको छ । बैतडी लगायत अहिले देशैभरी मास्क अभियान जारी रहेको छ ।