संविधान दिवसका अवसरमा बैतडीमा दीप प्रज्वलन

असोज- ३ / बैतडीमा पनि संविधान दिवस मनाएको छ । संविधान सभाबाट ‘नेपालको संविधान २०७२, जारीभइ ५ वर्ष पुगेको उपलक्ष्यमा आज जिल्लाका विभिन्न ठाउँहरुमा दीप प्रज्वलन गरेर संविधान दिवस मनाइएको हो । बैतडी सदरमुकाम र जिल्लाका मुख्यबजारहरुमा पनि दीपप्रज्वलन र झण्डा फहराएर संविधान दिवस मनाइएको हो ।

कोरोना कहरले औपचारीक कार्यक्रम नगरिएपनि अनौपचारीक रुपले संविधान दिवस मनाइएको छ । संविधान जारी भएको अवसरमा जिल्ला भरिनै घरघरमा दीप प्रज्वलन गरि दिवस मनाइएको छ । यस्तै दशरथचन्द नगरपालिका वडा नं २ अन्तरगतको देहिमाण्डौ खेलमैदानमा पनि संविधान दिवस मनाइएको छ ।

वडा अध्यक्ष रनबहादुर बोहराको उपस्थीतीमा दिपप्रज्वन सहित नेपालको झण्डा फहराएर दिवस मनाइएको हो । संविधान दिवसको अवरसमा शुभकामना सन्देश दिनु हुँदै वडा अध्यक्ष बोहराले संविधानमा प्रदत्त अधिकार, एन कानुनको पूर्ण कार्यान्वयन हुनपर्ने धारणा राख्नु भएको थियो । दिवस कार्यक्रममा विभिन्न पार्टिका प्रतिनिधि, उद्योगि व्यापारी, बजार व्यवसायी संचारकर्मि शिक्षक कर्मचारी युवा, समाज सेवि, संघ सस्थाका पदाधिकारी, नागरिक समाज, विद्यार्थी, र सर्बसाधारणहरुको सहभागिता रहको थियो ।

यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बैतडीले पनि संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ । दिवसको अवसरमा जिल्ला सदरमुकाम गढीमा रहेको सहिद दशरथचन्दको सालिकमा माल्र्यापण गर्दै दीप प्रज्वलन गरेर दिवस मनाइएको अनेरास्ववियु केन्द्रिय किमिटि सदस्य डीबि बोहराले बताए ।

प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट, बैतडी जिल्ला कमिटि सचिवालय सदश्य सरस्वती नेपालीको उपस्थीतीमा दीप प्रज्वलन कार्यक्रम गरिएको हो । दीप प्रज्वलन कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटि सदस्य जयन्त कुवर, बैतडी जिल्ला कमिटि संयोजक गोबिन्द सिह माल, सहसंयोजक सन्तोष राना लगायत अन्य विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।

यस्तै जिल्लाको खोड्पे बजारमा पनि दीप प्रज्वलन गरेर संविधान दिवस मनाइएको छ । नयाँ युवा नयाँ सोच नेपाल बैतडी ईकाइको आयोजनामा दीप प्रज्वलन गरेर दिवस मनाइएको नयाँ युवा नयाँ सोच नेपालका अध्यक्ष खेम राज अवस्थीले जनाकारी दिए। उक्त कार्यक्रममा पाटन नरगपालिकाका जनप्रतिनिधि ,राष्ट्रसेवक कर्मचारी  व्यापारी , प्ररहरी सञ्चारकर्मि लगायत अन्य नागरिकहरुको   सहभागिता रहको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.