बैतडीमा कोभिसिल्डको पहिलो मात्रा लगाएकालाइ साउन ३१ गतेबाट एस्ट्राजेनेका दिइने

बैतडी साउन २९  ।बैतडीमा साउन ३१ गतेबाट कोरोना विरुद्धको एस्ट्राजेनेका खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय बैतडीले यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकहरुलाई साउन ३१ गतेबाट एस्ट्राजेनेका खोप लगाइने जनाएको हो ।

दशरथचन्द नगरपालिका , पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, शिवनाथ गउँपालिका र मेलौली नगरपालिकाका नागरिकहरुलाई साउन ३१ गते र ३२ गते खोपल लगाइने भएको छ । यस्तै डीलाशैनी गाउँपालिकामा साउन ३२ र भदौ १ गते, सिगास गाउँपालिका , पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिकाका नागरिकहरुलाई भदौ १ र २ गते खोप दिइने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर एवँ निरीक्षक हरिश प्रशाद भट्टले जानकारी दिनुभयो । खोप लगाउन जाँदा खोप कार्ड लगेर जानु पर्ने छ ।

खोप लगाउन खोप केन्द्र जादा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न सबैमा स्वास्थ्य कार्यालय बैतडीले आग्रह गरेको छ । कोरोना जोखीम कायमै रहेकाले माहामारीबाट जोगिन स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना अनिवार्य गर्नुे पर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । खोप सेवा स्थानीयतहमा रहेका वडाहरुको पाइक पर्ने स्वास्थ्यचौकीहरुबाट प्रदान गरिने जनाइएको छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.