एकिकृत विकास समाज डडेल्धुराले बाड्यो पाटनमा विपन्नलाइ राहत

बैतडी साउन २७ ।एकिकृत विकास समाज डडेल्धुराले राहत वितरण गरेको छ ।समाजले बैतडीको पाटन नगरपालिका वडा नम्बर २ र ८ मा राहत सामाग्री वितरण गरेको हो ।

कोरोना संक्रमण रोकथाम गर्न लगाइएको लकडाउनका कारण रोजगारी गुमाएका परिवार, अति विपन्न, दलित ,जनजाती , एकल महिलाहरुलाई एफ सिए र एकिकृत बिकास समाज डडेल्धुराले राहत सामाग्री वितरण गरेको हो ।

“कोभिडमा राहत सामाजिक क्षेत्रको साथ, परोपकारी मनले बढाउ सहयोगी हात ” भन्ने नाराका साथ कोभिड १९ राहत वितरण तथा प्रतिकार्य कार्यक्रम मार्फत उनिहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको एकिकृत विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक बाबुराम श्रेष्ठले जानकारी दिनुभयो ।

वडा नम्बर २ र ८ का ५० /५०  घर परिवारलाई राहत सामाग्री वितरण गरिएको  कार्यक्रम संयोजक श्रेष्ठले बताउनुभयो । राहत सामाग्री स्वरुप चामल, दाल, चिनी, खाने तेल र साबुन वितरण गरिएको एकिकृत विकास समाज डडेल्धुराले जनाएको छ । राहत पाउँदा अतिविपन्न र समस्यामा परेका नागरिकहरु खुसिभएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.