पहिरोका कारण अवरुद्ध महाकाली राजमार्ग सुचारु

बैतडी साउन २६ ।पहिरो खसेर अवरुद्ध भएको महाकाली राजमार्ग सुचारु भएको छ । वर्षाका कारण महाकाली राजमार्ग अन्तर्गत बैतडी सतँबाझ-गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिराेका कारणा साेमबार राती साढे ८ बजे देखि राजमार्ग अवरुद्ध भएको थियाे  ।

सोमबार राति साढे ८ बजे देखि पहिरो खसेर अवरुद्ध बनेको महाकाली राजमार्ग मंगलबार विहान साढे १० बजेबाट खुलेको सतबाँझ प्रहरी चौकीका इन्चार्ज उपेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । जेसिबिले पहिरो पन्छाएपछि सतबाँझ–गोकुलेश्वर सडकखण्डमा पूर्ण रुपमा सवारी साधन आवागमन शुरु भएको उहाँले बताउनुभयो ।

पहिरो खसेर राजमार्ग अवरुद्ध भएपछि रोकिएका सवारी साधनहरु अहिले आ आफ्नो गन्तव्य तर्फ गएका हुन् । राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा सवारीसाधन रोकिएर यात्रुहरू अलपत्र परेका थिए । पहिरोका कारण महाकाली राजमार्ग बेला बेला अवरुद्ध हुने गरेका कारण यात्रु समस्यामा पर्ने गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.