बैतडीको पञ्चेश्वरमा भालुको आक्रमणबाट एकजना घाइते
बैतडी साउन २५ ।बैतडीमा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । पञ्चेश्वर गाउँपालिका ५ रन्तोलीका ६२ बर्षीय उजीतराम कोली भालुले आक्रमण गर्दा घाइते भएका हुन् ।
उनलाइ सोमबार बिहान घर नजिकैको खेतमा पानी लगाउने क्रममा भालुले आक्रमण गरेको पारिवारिक स्राेतलाइ उदृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ । भालुको आक्रमणबाट घाइते कोलीको टाउकोमा गम्भीर चोट लागेको र उनकाे जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको बताइएकाे छ ।