सोमबार बैतडीका थप ४ जनामा कोरोना पुष्टि, ८ जनाले कोरोना जिते
बैतडी साउन २५ ।सोमबार बैतडीका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा जिल्लाको दशरथचन्द नगरपालिका वडा नं १० का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोमबार ८ जना कोरोना संक्रमण मुक्त भएका छन् । विभिन्न स्थानीयतहमा रहेका कोरोनाका सक्रिय संक्रमित मध्ये सोमबार ८ जना कोरोना जितेर निको भएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । अब जिल्लामा कोरोनाका सक्रिय संक्रमितको सङख्या २९ जना रहेको छ ।
सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १९ जना रहेका छन् । यस्तै सिगास गाउँपालिकामा ३ जना, पाटन नगरपालिकामा २ जना , दोगडाकेदार गाउँपालिकामा १ जना, सुर्नया गाउँपालिकामा १ जना र पुर्चौडी नगरपालिकामा पनि १ जना रहेका छन् ।
बैतडीमा जिल्ला बाहिरका २ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । यस्तै ४ ओटा स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् ।
जिल्ल्लाको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डीलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका हुन् । यी स्थानीय तहमा रहेका सबै कोरोनाका सक्रिय संक्रमित संक्रमण मुक्त भइसकेका छन् ।