बैतडीका खोप केन्द्रहरुमा छैन् स्वास्थ्य सुरक्षाका मापदण्डको पालना

बैतडी साउन २४ ।बैतडीका खोप केन्द्रहरुमा कोरोना विरुद्धको खोप लगाउँदा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना नभएको पाइएको छ । संक्रमणको जोखीम कायमै रहेका बेला कोरोना विरुद्धको खोप अभियान सञ्चालन भएपनि खोप केन्द्रहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको भने पालना नभएको पाइएको हो ।

जिल्लाका अधिकाँश खोप केन्द्रहरुमा कहिँ मास्क नलगाइ  खोप लगाइरहेका छन् भने कतै सामाजिक दूरी कायम  नै भएको पाइदैन् । जिल्ला सदरमुकाम स्थित खोप केन्द्रहरुमै स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना नभएको पाइन्छ । सदरमुकाम स्थित खोप केन्द्रहरुमा सामाजिक ,भौतीकदूरी कायम विनै धमाधम खोप सेवा प्रवाह गरिदैछ ।

न सेवाग्राही आफू सचेत छन् नत सम्बन्धीत निकायले नै पालना गर्न लगाएका छन् । यसरी स्वास्थ्य सुरक्षाका मापदण्डरुको पालना विनै हेलचक्रयाइ गरेर खोप सेवा प्रदान गरिदा कोरोना संक्रमण भयावहरुपले फैलिने खतरा बढेको छ ।दशरथचन्द नगरपालिका भित्रकै सदरमुकामा स्थित एक खोप केन्द्रमा सेवाग्राहीको चाप देखीएको छ तर सामाजिक दूरी भने कायम भएको पाइदैन् । सबै भन्दा बढी अहिले कोरोनाका सक्रिय संक्रमित पनि दनपामै रहेका छन् ।

दशरथचन्द नगरपालिका वडा नं ४ स्थित एक खोप केन्द्रमा सामाजिक दुरिको बेवास्ता गरेर खोप सेवा प्रदान भइरहेको तस्बिर समाजिक सञ्जालमा भाइरल भएको छ । एक जना स्थानीय सुमित भट्टले तस्बिर सहित तिखो व्यङग्य गर्दै व्यवस्थीत खोप केन्द्रको सामाजिक दूरी भनेर सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । त्यहाँ खोप सेवा लिनेको निकै भिड लागेको छ तर भौतीक दूरी भने कायम छैन्।

यस्तै खोप लगाउदा आफ्नालाई प्राथमिकतामा राखेर खोप सेवा प्रदान भइरहेको पनि कतिपय स्थानीय नागरिकहरुको आरोप छ । बैतडीमा कोरोना विरुद्धको खोप अभियान जारी रहेको छ । अहिले जिल्लामा कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइदै छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.