बैतडीमा मास्क अभियान सुरु

बैतडी साउन २४।बैतडीमा मास्क अभियान सुरु भएको छ । कोरोना सक्रमण रोकथाम तथा नियन्त्रणका लागि शनिबार देखि देशव्यापी रुपले सुरु गरिएको मास्क अभियान आइतबारबाट बैतडीमा पनि सञ्चालनमा आएको हो ।

बैतडीमा मास्क अभियान आइतबार बाट सुरु भएको जनाउदै स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर एवँ निरीक्षका हरिश प्रशाद भट्टले मास्क अभियान मार्फत जनचेतना जगाउन थालिएको बताउनुभयो ।

सदरमुकामका बजारमा मास्क अभियान सुरु लेखेको व्यानर बोकेर स्वास्थ्यकर्मीहरूकाे  टोलिले मास्क वितरण गर्ने र जनचेतना जगाउने काम गरि रहेका उहाँले बताउनुभयो । यस्तै  गाउँहरूमा स्थानीयतहरूले मास्क अभियान सञ्चलान गरेका उहाँकाे  भनाइ  छ ।  आम नागरिकहरुको जीवन रक्षा गर्ने उदेश्यले सरकारले देश व्यापी रुपमा मास्क अभियान सञ्चालन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारबाट नेपाल मास्क अभियान सुरु गरेको हो । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले अभियान सञ्चालन गरेको छ । मास्क अभियान २९ गतेसम्म जारी रहने  बताइएकाे  छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.