शनिबार बैतडीकाे पुर्चौडी नगरपालिकाका १ जनामा कोरोना पुष्टि
बैतडी साउन २३ । शनिबार बैतडीका थप १ जनामा कोरोनता संक्रमण पुष्टि भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा न ५ की २७ वर्षिया एक महिलामा शनिबार संक्रमण पुष्टि भएको हो ।
शनिबार एक जना थपिए संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको सङख्या ४१ पुुगेको छ । कोरोना संक्रमित शून्य भइसकेको पुर्चौडी नगरपालिकामा फेरी कोरोना संक्रमित भेटिएका छन् ।
अहिले जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिका बाँहेक सबैमा कोरोनाका सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये दशरथचन्द नगरपालिकामा २५ जना रहेका छन् ।यस्तै सिगास गाउँपालिका र पाटन नगरपालिकामा ४÷४ जना, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा २ ÷२ जना र सुर्नया गाउँपालिका मा १ जना र पुर्चौडी नगरपालिकामा पनि १ जना रहेका छन् । बैतडीमा जिल्ला बाहिरका २ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।