बैतडीःमेलौलीको प्रवेशद्वारहरू सलेना र मर्छलेमा ‘हेल्थ डेस्क’ स्थापना हुने

बैतडी साउन २३ ।बैतडीको मेलौली नगपालिकाले दुइ ठाउँमा हेल्थ डेस्क स्थापना गर्ने भएको छ। कोरोना संक्रमण नियन्त्रणका लागि मैलौली नगरपालिकाले नगरपालिकाको प्रवेशद्वारहरु वडानं २ को सलेना र वडा नं ७को मर्छलेमा हेल्थ डेस्क स्थापना गर्ने भएको हो ।

शुक्रबार नगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले नगरभित्र कोरोना फैलिन नदिन दुई ठाउँमा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिनुभयो ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि मेलौली भित्रीने प्रवेशद्वारहरुमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय भएको जनाउदै स्वास्थ्य संयोजक चन्दले कोरोना प्रभावित क्षेत्रबाट आउने सबैको परीक्षण गरिने बताउनुभयो । अझै कोरोना भाइरस फैलीने चेतावनी आइरहेका बेला सो भाइरसको नियन्त्रण गर्न पूर्व तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

केही दिनमै हेल्थ डेस्क स्थापना हुने बताइएको छ । अहिले मेलौली नगरपालिकामा कोरोनाका सक्रिय संक्रमितको सङख्या शून्य रहेको छ । मेलौलीमा रहेका कोरोनाका सक्रिय संक्रमित सबै जना निकाे भइसकेका हुन् । फेरी कोरोना संक्रमण नफैलीयोस भनेर नगरपालिका अहिले सावधानी अपनाउन थालेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.