बैतडी : जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई पूर्वतयारी सामग्री हस्तान्तरण

बैतडी-श्रावन २२/ जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बैतडीलाई बिभिन्न पूर्वतयारी सामग्रीहरु हस्तान्तरण गरिएको छ । युनिसेफ र नेपाल रेडक्रस सोसाईटीको सहयोगमा बिपद प्रतिकार्य तथा सुचना ब्यबस्थापनका लागी बिभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको हो । शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीलाई सुचना ब्यवस्थापनका लागी कम्प्युटर सेट, प्रिन्टर, स्कोलिङ डिस्पे बोर्ड, फोल्डिक भर्‍याङ, लाईफ ज्याकेट, गलहरु र हेन्ड माईक लगायतका बिपद पूर्वतयारीका सामग्रीहरु हस्तान्तण गरिएको नेपाल रेडक्रस सोसाईटी बैतडीका कार्यक्रम अधिकृत तेज प्रसाद पाण्डेले जानकारी दिनुभएको छ । उक्त सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला स्थित तीन वटै सुरक्षा निकायहरु प्रमुख, युनिसेफ क्षेत्रिय कार्यालयका कार्यक्रम अधिकृत राजेश सारु र नेपाल रेडक्रस सोसाईटी बैतडीका सभापती भिम दत्त पाण्डको सहभागीता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.