बैतडीमा बिहीबार ३३ जनाको एन्टीजेन, सबैको रिपोर्ट नेगेटिभ , १ जना संक्रमणमुक्त
बैतडी साउन २१ ।बिहीबार बैतडीमा कोरोना संक्रमण पुष्टि हुनेको सङख्या शून्य रहेको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार बिहीबार भएको परीक्षणमा कसैमा पनि कोरोना नदेखिएको हो ।
झुलाघाट नााकामा रहेको हेल्थ डेस्कमा ३३ जनाको एन्टीजेन गरिएकोमा सबै रिपोर्ट नेगेटिभ आएको हो । यस्तै १ जनाले कोरोना जितेका छन् ।
बिहीबार बाहिर जिल्लाका १ जना संक्रमण मुक्त भएका हुन् । अहिले बैतडीमा ३६ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये अहिले दशरथचन्द नगरपालिकामा २१ जना रहेका छन् ।
यस्तै सिगास गाउँपालिका र पाटन नगरपालिकामा ४÷४ जना, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा २ ÷२ जना र सुर्नया गाउँपालिकाका १ जना रहेका छन् । बैतडीमा जिल्ला बाहिरका २ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।