पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु,गाडी चल्न थाले

बैतडी साउन २१ ।सडक भासिदा पाँच दिनदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग  सञ्चालनमा आएको छ। अवरुद्ध सडक खण्ड सडक किनारबाट पर्खाल लगाएपछि बिहीबार देखी जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको हाे ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार राजमार्ग सुचारु भएसंगै सवारी साधन  सञ्चालनमा आएका छन् ।  पर्खाल निर्माण सम्पन्न भएपछि राजमार्गमा पूर्ण रुपमा सवारी साधन आवागमन शुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बोध राज ओझाले  बताउनुभयाे ।

राजमार्ग खुलेसँगै सवारीसाधन सञ्चालनमा आएका छन्। बैतडीको पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिदा गत आइतबारदेखि राजमार्ग अवरुद्ध बनेको थियो। जयपृथ्वी राजमार्गमा वर्षातको समयमा पहिरो जाँदा बेलाबेलामा अवरुद्ध हुने गरेको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.