पाटन नगरपालिकाले  दियो वैकल्पिक सिकाई सहजीकरणको जिम्मा  विद्यालयलाई 

जनक साउद- असोज -३ / बैतडीको पाटन नगरपालिकाले कोरोना महामारीले अस्तब्यस्त भएको पठनपाठनलाई निरन्तरता दिन वैकल्पिक  सिकाई सहजीकरण प्रकृया लागु गर्ने भएको छ । बैकल्पीक सिकाई सहजीकरण ब्यबस्थापन निर्देशिका २०७७ बमोजिम नगरपालिकामा सिकाई सहजीकरण प्रकृया लागु गर्ने निर्णय गरेको शिक्षा साखाका  बिर्ख राज भट्टले जानकारी दिनुभयो । लामो समय देखि बिद्यलायहरु बन्द हुँदा  विद्यार्थीहरुमा नकरात्मक प्रभाब परेको र अहिले पनी कोरोना महामारी कायमै रहेकोले नगरपालिकाले यस्तो निर्णय गरेको उहाले जानकारी दिनुभयो ।

नगरपालिकाले नगर भित्रका बिद्यालयहरुलाई परिपत्र गर्दै बैकल्पीक सिकाई सहजीकरण प्रकृया लागु गर्न बिभिन्न निर्देशन दिएको छ ।नगरपालिकाले बिभिन्न वडाहरुमा बिद्यालयका प्रधानाध्यापकहरु र वडाका पदाधिकारीहरुसगं समन्वय गरिरहेको जनाएको छ ।

प्रत्येक बिद्यलायहरुले बिद्यालय ब्यबस्थापन समितिको बैठक बोलाएर बैकल्पिक सिकाई सहजीकरणको प्रकृयाबारे छलफल गरी शिक्षकहरुलाई परिचालन गर्न नगरपालिकाले बिद्यालयहरुलाई निर्देशन दिएको छ । बैकल्पीक सिकाईमा अभिभावकको भुमिकबारे अभिमुखीकरण गर्न र बिद्यालयका शिक्षकहरुलाई अभिभावकहरुको सुची उपलब्ध गराएर परिचालन गर्न र उक्त कुराको अभिलेख राख्न भनेको छ ।

मास्कको प्रयोग, सामाजिक दुरीका बिषयमा सम्बन्ध सबैसगं छलफल गर्न निर्देशन दिईएको छ । यस्तै नगरपालिकाले बिद्यालय बाहिर रहेका शिक्षकहरुलाई अनिबार्य बिद्यालयमा उपस्थित भई नियमित हाजिर हुन भनेको छ । कोरोना महामारीको अबस्था अनुसार बिद्यलायहरु आफैले बैकल्पीक सिकाई सहजीकरण प्रकृया लागु गर्न सक्ने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.