दार्चुलाको तुइन घटनामा संलग्नलाई कारवाहीको माग गर्दै बैतडीमा प्रदर्शन
बैतडी साउन १८ ।विप्लव नेतृत्वको नेकपाले बैतडीमा प्रदर्शन गरेको छ । दार्चुलाको तुइन घटनामा संलग्नलाई कारवाहीको माग गर्दै विप्लव नेतृत्वको नेकपाले जिल्लाको पाटन नगरपालिका वडा नं ६ स्थित पाटन बजारमा प्रदर्शन गरेको विप्लव नेतृत्वको नेकपा बैतडी जिल्ला कार्यालय सचिब दान सिहँ धामीले जानकारी दिनुभयो ।
बेपत्ता धामीको खोजी गर्नुे पर्ने र सो कार्यमा संलग्न भारतीय सुरक्षाकर्मीलाई कारवाही गर्नुपर्ने भन्दै आफुहरुले नारा जुुलस सहित प्रदर्शन गरेका उहाँले बतानुभयो । प्रर्दशनकारीहरूले पाटनमा भारतीय साम्राज्यवाद मुर्दाबाद ! सिमानामा भारतीय ज्यादती बन्द गर ! लिपुलेक कालपानी हाम्रो हो ! नेपाल र नेपाली माथिको हत्या हिंसा बन्द गर ! लगायतका नारा लगाएका थिए ।
विप्लव नेतृत्वको नेकपाका नेता राम सिहँ कुवरको प्रमुख आथित्यता तथा विप्लव नेतृत्व नेकपाका युवा संगठन नेपालका केन्द्रिय सदस्य स्याम भट्टको अध्यक्षतामा गरिएको विरोध कार्यक्रममा अन्य नेता तथा कार्यातर्काको सहभागिता रहेको थियो । शुक्रबार भारतीय एसएसबीले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी महाकाली बेपत्ता भएका छन् ।दार्चुलाको तुइन घटनामा संलग्नलाई कारवाहीको माग गर्दै अहिले देशभरी नै प्रदर्शन भइरहेकाे छ ।