सिद्धेश्वर माविमा संक्रमण बाट जोगिन बार अनुसार पठनपाठन
डी आर भट्ट -असोज- ३ / बैतडीको पाटन नगरपालिका वाड नं ९ अन्तरगतको सिद्धेश्वर माध्यमीक विद्यालय हुक्केडाँडाले बार अनुसार पठनपाठन शुरु गर्ने भएको छ । कोरोना संक्रमणबाट जोगिन विद्यालयले बार अनुसार पठन पाठन सञ्चालन गर्ने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिहँ भाटले बताउनुभयो ।
कोरोनाका कारण लामो समय विद्यालय बन्द रहदा बालबालिकाहरुको भविष्य डामाडोल भइरहको कुरालाई मनन गर्दैै टोल शिक्षा भन्दा विद्यलायमै बोलाएर कक्षागत ढङगबाट पठनपाठन गर्ने निर्णय भएको उहाँको भनाई छ । उहाँका अनुसार आइतबार ,मँगलबार ,बिहीबार कक्षा १ गते देखी पाँच सम्म, सोमबार बुधबार र शुक्रबार कक्षा ६ देखि १० सम्म पढाइहुने छ ।
विद्यालय सञ्चालनका बेला कोरोना बाट बच्न र बचाँउन स्वास्थ्यका मापदण्डहरु लागुगरि पठनपाठन हुने विद्यालयका प्रधानाध्यापक बहादुर सिहँ महराले बताउनुभयो । गत भदौ २६ गते बसेको विद्यालय व्यवस्थापन समितको बैठकले कोरोनाबाट बच्न उच्च सर्तकता अपनाएर असोज ४ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । विद्यालय विहान ९ देखि दिउँसो १ बजे सम्म सञ्चालन हुने बताइएको छ ।