मेलौलीका दुई वडाका नागरिक प्रधानमन्त्री रोजगार कार्यक्रमबाट वञ्चित हुने

जनक साउँद-बैतडी-श्रावन १८/ बैतडीको मेलौली नगरपालिकाका दुई वडाका नागरिकहरु प्रधानमन्त्री रोजगार कार्यक्रमबाट वञ्चित हुने भएका छन् । वडा कार्यालयहरुले समयमै फारम संकलन गरी बुझाउन नसक्दा चालु आर्थिक बर्षमासञ्चालन हुने उक्त कार्यक्रमबाट वडा नम्बर २ र वडा नम्बर ५ का बेरोजगार नागरिकहरु वञ्चित हुने देखिएका हुन् । चालु आर्थिक बर्ष २०७८/०७९ का लागी गत फागुन मसान्त भित्र संकलित फारमहरु नगरपालिकाको रोजगार शाखामा बुझाउनु पर्ने भए पनि वडा कार्यालयहरुले संकलित फारम नगरपालिकामा नबुझाईएको पाईएको छ ।

 

गत फागुन मसान्त भित्र बेरोजगार फारम संकलन गरी नगरपालिकामा बुझाउन पत्राचार गरे पनि यी दुई वडाहरुले फारम नबुझाएको नगरपालिकाकी रोजगार संयोजक सरिता बोगटीले जानकारी दिनुभयो । “फागुन मसान्त भित्र २ वडाले फारम नबुझाए पछि १५ दिन म्याद थप गर्‍यौ । फारम बुझाउनका लागी पटक पटक मौखिक रुपमा पनी आग्रह गर्‍यौ तर संकलित फारम बुझाएनन् ।” उनले भनीन । नगरपालिकाका अन्य ५ वटा वडा कार्यालयहरुले भने संकलित फारमहरु नगरपालिकाको रोजगार शाखामा बुझाईसकेका र ईएमआईएस प्रणालीमा ईन्ट्री समेत गरिसकेको बोगटीले बताईन । ५ वटा कार्यालयबाट संकलित ४ सय ९२ बेरोजगार फारमहरु ईएमआईएस प्रणालीमा ईन्ट्री गरेको नगरपालिकाको रोजगार शाखाले जनाएको छ ।

     आफुले पनी बेरोजगार फारम भरेको र वडा कार्यालयले नगरपालिकामा नबुझाउदा चालु आर्थिक बर्षमा सञ्चालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रमबाट वञ्चित हुनु परेको वडा नम्बर २ का स्थानिय सुरेश चन्दले जानकारी दिए । फागुन मशान्त भित्र वडा कार्यालयबाट आफुले फारम भरेको भए पनि वडा कार्यालयले नगरपालिकाको रोजगार शाखामा बुझाई नदिएको उनको गुनासो छ । यता मेलौली नगरपालिका वडा नम्बर २ ले भने समयसिमा भित्र २ फारम मात्रै भरिएको र नगरपालिकाले फारम थप भए पछि पठाउनु भनेकोले नगरपालिकामा नबुझाएको जनाएको छ । वडाका पुर्ब सचिब गणेश जोशीले रोजगार शाखाबाट समन्वयको अभावका कारण भरिएका फारमहरु वडा कार्यालयमै थन्किएको आरोप लगाएका छन् । “सुरुमा २ फारम मात्र भरिएका थिए नगरपालिकाका रोजगार संयोजकले २ वटा मात्रै भए नपठाउनु भने । पछि थप जानकारी भएन समय सकिएको रहेछ । ” जोशीले भन्नुभयो । यता नगरपालिकाकी रोजगार संयोजक बोगटीले भने पटक पटक भरिएका फारमहरु पठाउन जानकारी गराएको दाबी गरेकी छिन् ।

   यता वडा नम्बर ५ को कार्यालयले पनी समयसीमा भित्र कसैले पनी बरोजगार फारम नभरेको दाबी गरको छ । समय सकिए पछि फारमहरु संकलन भएको र नगरपालिकामा बुझाउदाँ ईन्ट्री नै नभएको वडा अध्यक्ष बलभद्र दयालले जानकारी दिनुभएको छ । “समय समाप्त भए पछि १५, २० जनाले फारम भरेका थिए, नगरपालिकामा पनी बुझाएका हौ तर ईन्ट्री नै भएन ।” अध्यक्ष दयालले भन्नुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.