बैतडीमा पछिल्लो २४ घण्टामा २ सय ५५ काे एन्टीजेन, कसैमा कोरोना देखिएन्
बैतडी साउन १७।बैतडीमा आइतबार कोरोना संक्रमितको सङख्या शून्य रहेको छ । पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणमा कसैमा पनि कोरोना नदेखिएको हाे ।
पछिल्लो २४ घण्टामा २ सय ५५ जनाको कोरोना परीक्षण भएको कसैमा पनि कोरोना नदेखिएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका सिआइसीटी सहजकर्ता बिनीता चौधरीले जानकरी दिनुभयो । २सय५५ जनाको एन्टीजेन गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । यस्तै आइतबार संक्रमणमुक्त हुनेको सङ्ख्या पनि शून्य रहेको छ । अहिले जिल्लामा ३३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १७ जना रहेका छन् । पाटन नगरपालिकामा ४ जना, दोगडाकेदार गाउँपालिकामा ३ जना , सिगास गाउँपालिकामा ३ डीलाशैनी गाउँपालिकामा २ जना, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बैतडीमा जिल्ला बाहिरका २ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।