शनिवार बैतडीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

बैतडी-श्रावन १६/ शनिवार बैतडीमा थप ६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार पिसिआर बिधिबाट गरिएको परीक्षणमा ५ जना र एन्टीजेन बिधिबाट गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिवार संक्रमण पुष्टि हुनेमा बैतडीको पाटन नगरपालिकाका ५ जना र दार्चुलाका १ जना रहेका छन् ।

   पछिल्लो २४ घण्टामा कसैले पनी कोरोना नजितेको स्वास्थ्य कार्यालयले जनाएको छ । आज ६ जनामा संक्रमण पुष्टि भएसंगै जिल्लामा कोरोनका सक्रिय संक्रमितको संख्या ३३ पुगेको छ । सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १७ जना रहेका छन् । यस्तै पाटन नगरपालिकामा ४ जना, दोगडाकेदार र सिगास गाउँपालिकामा ३/३ जना, डिलाशैनी गाउँपालिकामा २ जना र पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा १/१ जना सक्रिय संक्रमित छन् भने बैतडीमा जिल्ला बाहिरका २ जना संक्रमित छन् । जिल्लाको शिवनाथ गाउँपालिका, पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकामा भने कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.