बहिनिको बिहेको टिकोटालो कार्यक्रममा जीवन बिमा उपहार

बैतडी-श्रावन १५/ कैलालीकी एक महिलाले आफ्नी बहिनिको बिहेको टिकोटालो कार्यक्रममा उपहार स्वरुप जीवन बिमा गरी दिएकी छिन् । सुर्या लाईस ईन्सोरेन्स कम्पनी लिमिटेड अत्तरिया शाखाका एजेन्सी म्यानेजर शंकर बहादुर बोगटीकी श्रीमती हिउँकला देवी बोगटीले बहिनि ज्वाईको बिमांक रकम ३ लाखको सुर्या सु-संरक्षित जीवन बिमा गरी बहिनिको टिकोटालो कार्यक्रममा उपहार उपहार दिएकी हुन् । समाजमा प्राःय जसो बिहेको टिकोटालो कार्यक्रममा नगद तथा जिन्सी समाग्रीहरु उपहार दिने गरेको भए पनि कैलालीको गोदावरी नगरपालिका १ घर भएकी बोगटीले जीवन बिमा उपहार दिएको सुर्या लाईस ईन्सोरेन्स कम्पनी लिमिटेड अत्तरिया शाखाका प्रमुख पदम सिह बोहराले जानकारी दिनुभएको छ । पछिल्लो समयमा बिमा प्रतिको बढ्दो आर्कषण र जीवनमा जोखिम कम गर्न बिमा उपहारको रुपमा जीवन बिमा गरिदने चलन बढेको बोहराले बताउनुभयो । बिबाहसंगै ब्रतबन्ध, पास्नी र जन्मदिनमा बिमा पोलिसि उपहारका रुपमा दिने क्रम बढी रहेको उहाँको भनाई छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.