गायक जे आरको ‘नरोए आमा’ सार्वजनिक
बैतडी साउन १५ ।प्रदेशिको पीडामा आधारीत देउडा गीत ‘नरोए आमा’ सार्वजनिक भएको छ । बैतडी जिल्ला पाटन नगरपालिका वडा नं ९ मा जन्मीएका गायक जेआर भट्टको शब्द संगीत, र आवाजमा रहेको ‘नरोए आमा’ बोलको देउडा गीत शुक्रबार सार्वजनिक भएको हो ।
गायक भट्टकै अभिनय रहेको प्रदेसिको यथार्थ पीडाहरुलाइ उत्कृष्ट सब्दसङ्गित र मनछुने अभिनय गरेका छन् । बिष्णु तामाङ ले एरेन्ज गरेको उक्त गीत विशाल बोहराले रेकर्डिङ र मन्जरी स्टुडियो बाट रबिन थापाले मिक्सिङ गरेका छन् ।
बजारमा आएको देउडा गीत श्रीराम फिल्म प्रालीको दृस्य निर्माणमा अमित बिकले छायांकन र हिक्मत पाठकले सह छायांकन गरेका गायक जेआरले बताउनुभयो । यस्तै सुरेन्द्र सङ्गमले निर्देशन गरेको भिडियो अमित बिकलेनै सम्पादन गरेका छन् ।
गीतको भिडियोको लागि समाजसेवी भोजराज जोशी (क्वालिटि), बैतडीका युवा नेता शंकर भण्डारी ,कपिल केसी,किसोर बोहरा र भुवन कार्किले विशेष सहयोग गरेका हुन् ।
गीतको शब्द सङ्गीत र अभिनय घरदेश र प्रदेशको पीडालाइ कलात्मक ढङ्गबाट राम्रोसँग प्रस्तुत गरिएको छ । यसको भाग २ को पनि पूर्ण तयारी भैसकेको र छिट्टै छायांकन हुने बताइएको छ ।सार्वजनिक नरोए आमा गीत लालीगुरास पश्चिम मीडिया युटुव च्यानेलमा हेर्न सकिने गायक जेआरले बताए । गीत हेनर् सुन्नका तल क्लिक गर्नुहाेस् ।