बैतडीका ३ स्थानियतह विद्यालय सञ्चालनको तिब्र तयारिमा

डी आर भट्ट -असोज- ३ / बैतडीका स्थानियतहरुले अहिले विद्यालय सञ्चालनका लागि तयारि तिब्र पारेका छन । धेरै स्थानियतहरुले विद्यालय सञ्चालनका लागि निर्णय गरिसकेका छन भने कतिपय स्थानियतहरु सञ्चलानका लागि छलफल गरिरहेका हुन । कोरोना भाइस संक्रमण फैलिने भन्दै लामो समयदेखि बन्द रहेका विद्यलायहरु सञ्चालनका लागि अहिले बैतडीका स्थानियतहरु आन्तरिक तयारिमा व्यस्त रहेका छन ।

लामो समय विद्यालय बन्द हुँदा विद्यार्थिहको पढाइमा असर परेको कुरालाई दृष्टीगत गर्र्दै जिल्लामा विद्यालय सञ्चालन गर्ने छलफल चलिरहेको हो । कोरोना संक्रमणबाट बच्न आवस्यक सुरक्षा सर्तकता अपनाएर विद्यालय सञ्चालन गर्ने मनसाय बनाएर अहिले शिक्षासाखा प्रमुख, सम्बन्धीत विद्यालयका प्रमुख र जनप्रतिनिधिहरु विच छलफल तथा अन्तरकृया कार्यक्रम चलिरहेको हो । जिल्लाको पञ्चेश्वर गाउँपालिका र शिबनाथ गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने अवधारणा लिएपश्चात अहिले जिल्लाका सबै पालिकाहरु स्वास्थ्यका मादण्ड पालना गरि विद्यालय खोल्ने मनसायका साथ छलपलमा जुटेक हुन ।

पञ्चेश्वर गाउँपालिका र शिबनाथ गाउँपालिकाले विद्यालय सञ्चालनका लागि अहिले तयारि तिब्र पारेको जनाएको छ । असोज ४ बाट कक्षा सञ्चालनका लागि विद्यालयमा स्यानिटाइज गर्ने काम भइरहेको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले बताउनुभएको छ यस्तै शिबनाथ गाउँपालिकाकमा पनि असोज ४ गतेबाट विद्यालय सञ्चालन गर्ने शिबनथा गाउँपालिकाका प्रवक्ता हजारी साउदले जानकारिदिनुभयो । आवस्यक स्वास्थ्य सर्तकता अपनाएर सामाजिक दुरि, मास्क र स्यानिटाइजरको प्रयोग गरेर विद्यार्थिहरुको पठनपाठन सञ्चालना हुने बताइएको छ ।

विद्यालय सञ्चालनका लागि जिल्लाको दशरथचन्द नगरपालिकामा पनि विद्यालयल सञ्चालनका लागि नगरपालीका संग समन्वय भइरहेको शिक्षा साखा प्रमुख मोहन नाथले बताउनुभएको छ । बिहीबार नगरपालिका भित्रका विद्यालय प्रमुख जनप्रतिनिधि बिच भएको छलफबाट नगपालिकलाइ अबिल्मब विद्यालय सञ्चालनको माग गर्ने निर्णय गरेको उहाँको भनाई छ । गत बिहीबारको विद्यार्थि सिकाइ सहजिकरण अन्तरगत एक दिने नगरपालिका स्तरिय छलफबाट विद्यालय सञ्चालनका लागि विभिन्न निर्णयहरु गरिएका नगरपालिका शिक्षा साखा प्रमुख नाथको भनाई छ ।

उहाँका अनुसार असोज ७ भित्र विद्यालय निर्मलिकरण , रंगरोगन र फर्निचर मर्मत , शिक्षकहरु उपस्थीत गराउने ,बाहिरबाट आएका शिक्षकहरुको पिसीआर जाँच , १४ गते भित्र विद्यार्थि भर्ना , तथ्याङक ,विषलेषण, विद्यालय योजना निर्माण गरि असोज २१ गते बाट विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो । यस्तै नगरपालिका भित्रका संस्थागत विद्यालयहरु सञ्चालनमा कोरोनाले प्रभाव पारेकाले आर्थिक सहयोगका लागि नगरपालिकालाई अनुरोध गर्ने समेत निर्णय भएको शिक्षासाखा प्रमुख नाथले बताउनुभएको छ ।

विद्यलायहरुमा क्वारेन्टीन स्थल निर्माण पछि बेन्च,ढोका तथा झ्यालहरु टुटफूट भएकाले मर्मतका लागि पनि स्थानियसरकालाइ विद्यालय प्रमुखहरुले माग गरेका छन । जिल्लाका सबै स्थानियतहरुमा रहेका करिब २ सय सामुदायिक विदालयमा क्वारेन्टीन निर्माण गरिएका र धेरै जसो विद्यालयहरुका भौतीक संरचनामा क्षतीभएकाले मर्मत संम्भारका लागि विद्यालयहरुले माग राखेका हुन । क्वारेन्टीन स्थलमा परिणत भएका विद्यालयहरुमा स्यानिटाइज गरेर क्षती भएका ठाउँहरुमा मर्मत सँम्भार गरि विद्यालय सञ्चालनको तयारि भइहरेको बैतडीका स्थानियतहरुले जनाएका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.