शिक्षा विकास तथा समुन्वय इकाइ बैतडीको कार्यालय अगाडी शिक्षकहरु धर्नामा
बैतडी साउन १५ ।बैतडीमा शिक्षकहरुले धर्ना दिएका छन् । सरकार संग राखेका पेशागत हकहितका मागहरुको पूर्ण कार्यान्वयनको माग गर्दै शिक्षकहरुले शिक्षा विकास तथा समुन्वय इकाइ बैतडीको कार्यालय अगाडी धर्ना दिएका हुन् ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा देशव्यापि आन्दोलन भइरहेका बेला जिल्लाका शिक्षकहरु पनि शिक्षा विकास तथा समुन्वय इकाइ बैतडीको कार्यालय अगाडी धर्ना दिएर अनसनमा बसेका हुन् ।
शिक्षकहरुको पेशागत हकहितका लागि उठाएका मागहरुको पूर्ण कार्यान्वयनको माग गर्दै शुक्रबार देशभरिनै अनसन र धर्ना कार्यक्रम निर्धारण भएकाले सोही बमोजिम बैतडीमा पनि आफहुरु अनसनमा बसेका शिक्षक लक्ष्मण भट्टले जानकारी दिनुभयो ।
पहिलो चरणको आन्दोलनमा विभाग संग भएको समझौता अनुसार सबै बुदाहरु कार्यान्वयन नभएकाले सो बुदाहरु कार्यान्वयन गर्न गराउन अनसन धर्ना कार्यक्रमहरु गरिएको उहाँले बतानुभयो । बैतडीमा एकिकृत अखिल शिक्षक संगठन र नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरु अनसन र धर्ना कार्यक्रममा सहभागि रहेको बताइएको छ ।
शिक्षकहरुको पेशागत हकहित र अधिबकारका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा विभाग लाई २०७५ फागुन ९ गते ३४ शुत्रिय मागहरु बुझाएको थियो । सो बुदाहरुको कार्यान्वयन नभएकाले शिक्षक महासंघले फेरी अहिले चौथौ चरणको आन्दोलन गरेर ध्यानाकर्षण गराइराखेको हो ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा शुक्रबार ७७ वटै जिल्लाका शिक्षा विकास तथा समुन्वय इकाई र ७ सय ५३ वटै स्थानीय तहमा रिले अनशन र धर्ना कार्यक्रम रहेको छ ।