बैतडीका ४ पालिकामा स्थानीय पाठ्यक्रम निर्माण
बैतडी साउन १४ । स्थानीय भाषा, कला, संस्कृति, वेषभूषा र परिवेश समेटेर दुई नगरपालिका र दुई गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन्।
पाटन र मेलौली नगरपालिका तथा शिवनाथ र डिलाशैनी गाउँपालिकाले कक्षा १ देखि ३ सम्मको आधारभूत तहका लागि पाठ्यक्रम निर्माण गर्न लगाएका हुन्।सो पाठ्यक्रम चालू शैक्षिक सत्रबाटै पाठ्यक्रम गरिने डिलाशैनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले बताउनुभयाे ।
डिलाशैनीले ‘हाम्रो डिलाशैनी’, शिवनाथले ‘हाम्रो शिवनाथ’, पाटनले ‘पाटन परिचय’ मेलौलीले ‘हाम्रो मेलौली’ नाम दिएर पाठ्यपुस्तक तयार पारेका र यस्ता पाठ्यक्रमबाट विद्यार्थीमा स्थानीय वस्तुस्थितिको ज्ञान हुने विश्वास गरिएको छ।दश स्थानीय तह रहेको जिल्लाका अन्य निकायले पनि पाठ्यक्रम निर्माण गर्ने जनाएका छन्। अन्य स्थानीयतहरूले भने अहिले सम्म निर्माणा गर्न सकेका छैन्न ।