बैतडीमा बिहीबार ३ जना कोरोना संक्रमित थपिए, ३ जनाले कोरोना जिते
बैतडी साउन १४ ।बैतडीमा बिहीबार ३ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको पाटन नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहीबार ३४ जनाको पिसीआर परीक्षण गरिएकोमा ३ जनामा कोरोना पुष्टि भएको स्वास्थय कार्यालय बैतडीले जनाएको छ। यस्तै ६५ जनाको एन्टीजेन गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका सिआइसीटी सहजकर्ता बिनीता चौधरीले जानकारी दिनुभयो ।
यस्तै बिहीबार ३ जनाले कोरोना जितेका छन् । पाटन नगरपालिकाका २ जना र दोगडाकेदार गाउँपालिकाका १ जना गरि ३ जनाले कोरोना जितेका हुन्। बैतडी अहिले २८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । २८ जना मध्ये ३ जना बाहिर जिल्लाका रहेका छन् ।